News Category 2074/02/22

सीमांकन नसच्याए मतदानमा सहभागि नहुने हरिहरपुरवासीको चेतावनी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ जेठ । 
सप्तरीको साबिक हरिहरपुर गाबिस वडा नं. ६ मटीगढी टोल तथा हाल राजविराज नगरपालिका वडा नं. १० का स्थानीयबासीहरुले सीमांकन नसच्याए मतदानमा सहभागि नहुने चेतावनी दिएका छन् ।
सरकारले सप्तरीमा स्थानिय तहको संख्या थपेपछि साविकको हरिहरपुर गाविसको ९ वडा मध्ये ८ वटा वडालाई कृष्णसावरण गाउँपालिका वडा नं. ३ र बाँकी रहेको ६ नं. वडालाई राजविराज वडा नं. १० कायम गरेको छ । 
नेपाल पत्रकार महासंघ शाखा राजविराजमा सोमबार आयोजित पत्रकार सम्मेलनमा हरिहरपुरका स्थानीयबासीहरुले सिमांकन सच्याएर रावि वडा नं. १० बाट कृष्णासावरण गाउँपालिका वडा न. ३ मा समावेश गरिनु पर्ने माँग राखेका छन् । 
राजविराज वडा नं. १० बाट कृष्णासावरण गाउँपालिका वडा नं. ३ मा समावेश गराउनका लागि स्थानिय एमाले, काग्रेस, माओवादी, नेकपा संयुक्त, संघिय समाजवादी फोरम नेपाल, राजपा नेपालसहित ७ वटै राजनीतिक दलहरुको सहमति पत्र समेत प्राप्त गरिसकेको जानकारी दिएका छन् ।
स्थानीय सरोकारबालाहरुले आप्mनो वडाको जनसंख्या ९ सय ८२ रहेको तथा सो वडामा ४ सय १७ मतदाता रहेको जानकारी दिएका छन् ।
सो पत्रकार सम्मेलनमा स्थानीय तेज नारायण यादव, रुन्दी यादव, छोटेलाल यादव, नेबु कुमार यादव सहितकाहरुले सिमांकन संशोधन गरी हरिहरपुरलाई कृष्णा सावरण गाउँपालिकामा समावेश गर्नका लागि निर्णयसहित सोमबारै काठमाण्डौ जाने जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट