News Category 2074/02/22

राजपाको नगरदेखी गापामा जन आन्दोलन परिचालन समिति गठन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ जेठ । 
राजपाले दोश्रो चरणको स्थानीय निर्वाचन विथोल्नको लागि राजविराज नगरपालिकासहित जिल्ला विभिन्न नगरपालिका तथा गाउँपालिकामा जन आन्दोलन परिचालन समिति गठन गरेको छ ।
राजविराजस्थित पवि उमाविको प्रांगणमा राजपाका वरिष्ठ नेता मृगेन्द्र कुमार सिंह यादव तथा समहामन्त्री जयप्रकाश ठाकुरसहितको उपसमितिमा ६ सदस्यीय संयोजक मण्डलसहित १ सय ५१ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरेको हो ।
गठित संयोजक मण्डलीय संयोजक ललन मिश्रा, लक्षमण यादव, दिपेन्द्र चौधरी, अमरकान्त झा, शेसव राजु, साधना झा रहेको छ भने सहसंयोजकमा बसन्त साहलाई चयन गरिएको छ । 
राजविराज नगरपालिका अन्तर्गत १५ वडाका सदस्यहरुमा मनोज यादव, फणिकान्त झा, विपिन कर्ण, बैद्यनाथ दास, शिवनन्दन साह, चन्दन कुमार यादव, विरेन्द्र यादव, सत्येन्द्र देव, सुर्य नारायण यादव, शुभचन्द्र झा, पशुपति दास, दिनेश साह, विनोद चौधरी, कृष्णानन्द झा, असोला यादव रहेका छन् ।
यसैगरी अन्य सदस्यहरुमा शम्भु यादव, नेत्र विक्रम साह, कारी सदा, शोभा मण्डल, धनेश्वर सदा, रानी झा, लक्ष्मी रजक, संतोष यादव, हरिहर यादव, परमानन्द मेहता, श्रीलाल यादव, राजेन्द्र दास, विशेश्वर यादव लगायत रहेका छन् ।
त्यस्तै छिन्नमस्ता गाउँपालिका, बोदेबर्साइन नगरपालिका, तिलाठी कोइलाठी गाउँपालिका, शम्भुनाथ गाउँपालिका, सुरुंगा नगरपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका लगायतका ठाउँमा जनआन्दोलन परिचालन कमिटि गठन गरिएको राजपा केन्द्रीय सचिव नेत्रविक्रम साहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट