News Category 2074/02/23

सुरक्षा सतर्कता बढाएपछि एक सातामा हतियारसहित तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
निवार्चनलाई लक्षित गरी जिल्लामा सुरक्षा सतर्कता बढाएपछि सप्तरी प्रहरीले एक सातामा हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।
यसै क्रममा सप्तरी प्रहरीले आइतबार जिल्लाको बोदेबर्साइन नगरपालिकाबाट एक जना युवकलाई हतियारसहित पक्राउ गरेको छ । 
बोदेबर्साइन नगरपालिका वडा नं. १४ नेगडास्थित सार्वजनिक बाटोमा शंकास्पद रुपले घुमफिर गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका युवक सोही नगरपालिका वडा नं १ निवासी ३० वर्षिय पप्पुकुमार दास रहेको जानकारी दिएको छ । 
पक्राउ परेका दासलाई चेकजाँच गर्दा उनको साथबाट युएसए मेड पेस्तोल तथा म्यागजिन भित्र लोड भएको चार राउण्ड गोली बरामद गरिएको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिनुभयो ।
यसअघि गत शनिबार मात्रै हतियार सहित दुई जना यूवकलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा इटहरी बिष्णुपुर गाउँपालिका वडा नं. ७ का १९ वर्षिय आदित्य शर्मा र रुपनी गाउँपलिका वडा नं १ बस्ने ३३ बर्षका मो.नसिर रहेका छन् । उनीहरुको साथबाट एक थान पेस्तोल, गाँजा र जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोईत समुहको पर्चा समेत फेला परेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट