News Category 2074/02/23

राजपाले सप्तरीमा एमालेको कार्यक्रम अवरुद्ध गर्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ जेठ । 
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले नेकपा एमालेले जिल्लामा गर्ने कुनै पनि कार्यक्रमलाई अवरुद्ध पार्ने चेतावनी दिएको छ । 
सो पार्टीका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाद्वारा जारि विज्ञप्तिमा उक्त चेतावनी दिइएको हो । 
जारि विज्ञप्तिमा विगत लामो समयदेखी मधेशी दल संविधान संशोधनको विषयलाई लिएर आन्दोलनरत रहेको भन्दै संविधान संशोधनका लागि एमाले नै बाधक भएको ठहर समेत गरेको छ ।
लामो समयदेखी मधेशको मुद्दालाई लिएर चलिरहेको आन्दोलनका क्रममा करिब ५ दर्जन मधेशीहरुले बलिदानीलाई यति छिटै बिर्सने नसक्ने जनाउँदै सहिदहरुको बलिदानीको कदर गर्न राजपा नेपाल जुनसुकै पनि परिस्थितिको सामना गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्तिमा संविधान संशोधनको विषयमा नेकपा एमालेले लचकता नदेखाएसम्म सप्तरीमा नेकपा एमालेले गर्ने कुनै पनि कार्यक्रममा राजपा नेपालको बिरोध नै रहि रहने जनाएको छ । 
साथै विज्ञप्तिमा संविधान संशोधन बिना राजपा नेपाल स्थानिय तहको निर्वाचनमा भाग समेत नलिने जनाउँदै एमालेले गर्ने कुनै कार्यक्रमको क्रममा हुने क्षतिको जिम्मेवारी स्वंयम एमाले नै लिनुपर्ने छ«यस् र यसप्रति राज्य पक्ष समेत संवेदनशिल र सचेत हुन जनाइएको छ । 
आइतबारमात्र नेकपा एमाले नगर कमिटि सप्तरीले पत्रकार सम्मेलन गरि जेठ २३ गते राजविराजमा पार्टी प्रवेश तथा मेयर उपमेयरका उम्मेदवारको घोषणा गर्ने कार्यक्रम राखेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट