News Category 2074/02/23

एमालेको पार्टी प्रवेश तथा मेयर उपमेयरका उम्मेदवारको घोषणा कार्यक्रम स्थगित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ जेठ । 
नेकपा एमाले नगर समितिले जेठ २३ गते राजविराजमा गर्ने भनिएको पार्टी प्रवेश तथा मेयर उपमेयरका उम्मेदवारको घोषणा कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको छ । 
नगर समिति संयोजक निरंजन झाले सोमबार विज्ञप्ति जारि गर्दै सो कार्यक्रम राजपा नेपालको विशेष आग्रहमा स्थगित गरिएको जनाइएको छ ।   
जारि विज्ञप्तिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झा, वरिष्ठ नेता मृगेन्द्र कुमार सिंह यादव, नेता सत्यनारायण यादव, रामप्रित यादव, एमाले प्रवेशीका तर्फबाट नेता सुखराम यादव, अभिवक्ता रामकुमार यादवसमेत रहेको दुई पक्षिय छलफलबाट जेठ २६ गतेसम्म राजपाको केन्द्रिय तहबाटै बिरोधका कार्यक्रम रहेको हुँदा सहयोग गर्न आग्रह गरेको अनुसार हाल कार्यक्रम स्थगित गरिएको जनाइएको छ । 
दुबै पक्षले संयमता नअपनाए र भिडन्त हुन गएमा नोक्सान सप्तरीवासीले नै व्यहोर्नु पर्ने र राजनीतिक सुझबुझ हुन नसक्ने स्थानीय राजपा नेताहरुले जेठ २६ गतेपछि केन्द्रिय आन्दोलन नभए नेकपा एमालेले कार्यक्रम गरेमा आफ्नो कुनै अवरोध नरहने राजपाका बरिष्ठ नेता मृगेन्द्र सिंह यादवले बताउनु भएको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट