News Category 2074/02/23

अधिकार नलिई चुनावमा जादैनौं र चुनाव पनि हुन दिदैनौं ः राजेन्द्र महतो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सर्लाही, २२ जेठ । 
राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले अधिकार नलिई चुनावमा भाग नलिने र चुनाव पनि हुन नदिने चेतावनी दिनुभएको छ । 
सर्लाहीको बरहथवामा सोमबार राष्ट्रिय जनता पार्टी नेपालद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम राजपाका नेता महतोले सो चेतावनी दिनुभएको हो । 
सो पत्रकार सम्मेलनमा उहाँले राजपा चुनावको बिरोधी नरहेको र सरकारले आजै मधेशी, आदिवासी जनजातीको माँग पुरा गरे आजै चुनावमा जान तैयार पनि रहेको स्पष्ट पार्नुभयो । 
राज्यले अहिले गठन गरेको गाउँपालिका र नगरपालिका जनसंख्याको आधारमा नगरेर मधेशीहरूको प्रतिनिधित्व घटाउने काम गरेको आरोप लगाउँदै नेता महतोले मधेशमा ५० प्रतिशत भन्दा बढ़ी जनसंख्या रहेकोले सोही अनुसार गाउँपालिका र नगरपालिकामा प्रतिनिधित्व हुनुपर्ने माँग गर्नुभयो । 
त्यस्तै उहाँले आन्दोलनको क्रममा झुठा मुद्दा चलाएर सरकारले आन्दोलनकारीहरूलाई अहिले पनि जेलमा रहेको, शहिद घोषणा हुन बाँकी रहेको, आन्दोलनका घाईतेहरूले क्षतिपूर्ति नपाएको भन्दै  चुनावमा जान नसक्ने स्पष्ट पार्नुभयो । 
संविधानमा रहेको बिभेद बिरूद्धमा आन्दोलन भएको र संबिधान संसोधन नभए सम्म राजपाले आन्दोलन जारी राख्ने उहाँले जिकिर गर्नुभयो ।  
सर्लाहीको बरहथवामा राष्ट्रीय जनता पार्टी नेपालद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम राजपाका नेता राजेन्द्र महतोको प्रमुख आतिथ्य तथा क्षेत्र नम्बर तीनका क्षेत्रीय अध्यक्ष मण्डलका संयोजक रामबाबु यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट