News Category 2074/02/25

निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ः प्रहरी प्रमुख द्विवेदी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ जेठ । 
असार १४ हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारेको छ । 
अहिले निर्वाचनको अवसरमा जिल्लाको विभिन्न चौक तथा बजारहरुमा प्रहरी तथा म्यादी प्रहरीहरुलाई २४ औं घण्टा तैनाथ गरिएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक एवं प्रमुख अनुराग द्विवेदीले जिल्लामा निर्वाचनका क्रममा कुनै पनि घटना वा दुर्घटना हुन नदिन प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । 
उहाँले जिल्लाको सुरक्षाका लागि प्रहरीले २४ औं घण्टा चेकजाच गरिरहेको जानकारी दिँदै थप  प्रहरी मोबाइल गस्ती समेत परिचालन गरिएको दाबी गर्नुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा थप जनशक्ति परिचालन समेत गरिएको छ । 
प्रहरी उपरिक्षक द्विवेदीले प्रत्येक मतदान स्थलको निरिक्षण र अनुगमन गरेर आवश्यकता अनुसार थप प्रहरी परिचालन गरिने उल्लेख गर्नुभयो । उहाँले जिल्लाको अति संवेदनशिल मतदान केन्द्रमा ५ प्रहरी ९ म्यादी प्रहरी तथा संवेदनशिल मतदान केन्द्र ४ प्रहरी ६ म्यादी प्रहरी खटाइने बताउनुभयो । 
यता मतदान केन्द्र बढ्दै गएको अवस्था एक एक प्रहरी र म्यादी बढाउन सकिने समेत बताउनुभयो । जिल्लामा २ सय ९२ मतदान स्थल तोकिएको छ । जसमध्ये २ सय ६ अति संवेदनशिल र ८६ संवेदनशिल मतदान स्थल रहेका छन् । त्यस्तै ४ सय ६१ मतदान केन्द्र मध्ये ३ सय २६ अति संवेदनशिल १ सय ३५ संवेदनशिल रहेको उहाँले जानकारी दिनुभयो ।
यसअघि सप्तरी प्रहरीले निर्वाचनको मुखमा तीन जनालाई हतियारसहित पक्राउ समेत गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट