News Category 2074/02/28

बाढीले तिलाठीको बाध फुट्यो

दैनिक समाचारदाता

राजविराज÷बिहीबार र शुक्रबार भएको भारी वर्षाले सप्तरीको खाडो खोलामा आएको बाढीका कारण जिल्लाको दक्षिणी र उत्तरी भेगका एक दर्जन बढी गाउ डुवानमा पर्ने भएको छ ।
खाडो खोलामा आएको बाढीले जिल्लाको सोनरा, पकरी, दिघवा, डुमरी शिवथान, महदेवा, कजोली, सकरपुरा, रम्पुरा मल्हनिया र तिलाठी लगायतको गाउँहरु डुवानमा पर्ने खतरा रहेको स्थानियबासीहरुले बताएका छन । 
पानीको गति बढी हुनथालेपछि जिल्लाको तिलाठीस्थित नेपाल–भारत सिमानामा निर्माण गरिएको बाध करिब ५० मिटर फुटेर पानी बगिरहेको छ । 
यसैबीच राजविराजबाट भारतको कुनौली बजार सामान किनमेलका लागि मोटरसाइकलमा गइरहेका राजविराज नगरपालिका ८ निवासी रामचन्द्र दासको मोटरसाइकल बाढीले बगाएको प्रहरीले जनाएके छ । सो मोटरसाइकलमा सवार दासलाई भने स्थानिय र प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यसैबिच बाध फुटेको ठाउँमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको प्रहरी नायव उपरिक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट