News Category 2074/02/29

राजपाले एमालेको कार्यक्रम बिथोल्यो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ जेठ । 
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीका नेता कार्यकर्ताहरुले नेकपा एमालेको चुनावी कार्यक्रम बिथोलेको छ । 
राजविराजस्थित एक धर्मशालामा एमाले नगर कमिटि राजविराजले गरिरहेको चुनावी कार्यक्रमकै क्रममा राजपाका नेता कार्यकर्ताहरुले कार्यक्रम बिथोलेका हुन् । 
कार्यक्रम स्थल पुगेको राजपाका नेताहरुले एमालेको झण्डा, पम्प्लेट, पोस्टर, रजिष्टर, कुर्सी तथा एक सय भन्दा बढी पार्टीको चुनाव चिन्ह अंकित टिशर्ट समेत जलाइदिएका छन् । 
राजपाले संविधान संशोधन नभइकन निर्वाचनमा सहभागि नहुने भन्दै आन्दोलनमा पुनः उत्रेको छ । यसअघि पनि राजपाले सप्तरीमा एमालेको कार्यक्रम हुन नदिने विज्ञप्ति जारि गर्दै जानकारी गराएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट