News Category 2074/02/30

बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन जुलुसमा बालकसहित आमा पनि देखिए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ जेठ । 
संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलगायतको माँग राख्दै पुनः आन्दोलनमा उत्रेका राष्ट्रिय जनता पार्टी नेपालको पूर्व घोषित कार्यक्रम अनुसार बन्दको पूर्व सन्ध्यामा सोमबार सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाभरि मसाल जुलुस निकालिएको छ । 
यसअघि सरकार र राजपा नेपालबीच आइतबार सम्पन्न बैठक बिना निष्कर्ष टुङ्गिएपछि निर्वाचनमा सहभागि नहुने भन्दै राजपाले जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 
राजपाका केन्द्रिय नेताहरुको सहभागितामा स्थानिय शिव मन्दिरको प्राङणबाट निकालिएको मसाल जुलुसले राजविराज नगरको परिक्रममा पश्चात् जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको छ । सो मसाल जुलुसमा एक महिलाले आफ्नो दुधे बालकलाई समेत लिएर सहभागिता जनाएकी छिन् । 
बिरोध सभामा वक्ताहरुले पटक पटक राज्य पक्षले मधेशीको माँगलाई लत्याउँदै गर्न लागेको दोश्रो चरणको स्थानिय तहको निर्वाचनमा सहभागि नभई अवरोध समेत गर्ने स्पष्ट पारेका छन् ।
सो सभामा राजपा नेपालका केन्द्रिय नेता मनिषकुमार सुमन, मृगेन्द्र कुमार सिंह यादव, गजेन्द्र कुमार मण्डल, जयप्रकाश ठाकुर, साधना झा, दिपेन्द्र चौधरी लगायतका नेताहरुले बोल्नु भएको थियो । 
यता राजपाले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा जेठ ३० र ३१ गते गाउँपालिका नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने, असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने रहेको छ । 
त्यस्तै असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने रहेको छ । स्मरण रहोस् असार २ गते उम्मेदवारी दर्ता गर्ने मिति हो । 
यस्तै असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने, असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । 
असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पु¥याउने कार्यक्रम रहेको छ भने असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल ¥याली निकाल्ने, असार ९ गते सदरमुकाममा मजाल जुलुस तथा १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने निर्णयहरु सार्वजनिक गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट