News Category 2074/02/30

भ्रष्टाचार गरेको भन्दै स्थानीयहरुले लगाएको आरोप निराधार ः प्रअ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ जेठ । 
सप्तरीको पकरीस्थित नर बहादुर थापा जनता मावि पकरी गोठ सोनरा विद्यालयका प्रअले भ्रष्टाचार गरेको भन्दै स्थानीयहरुले लगाएको आरोप निराधार भएको दाबी गरिएको छ । 
विद्यालयका प्रअ प्रदीप कुमार चौधरीले सोमबार नेपाल पत्रकार महासंघ सप्तरीमा एक पत्रकार सम्मेलनको आयोजना गरि सो आरोपहरु निराधार भएको दाबी गर्नुभयो । 
उहाँले अवकाश प्राप्त कर्मचारी एवं स्थानिय बिनोद कुमार यादवले आफ्नो राजनीतिक वर्चश्व कायम गर्न विद्यालयको झुठा मुद्दा उठाएर बदनाम गर्न खोजेको आरोप लगाउनुभयो । त्यस्तै प्रअ चौधरीले अर्का अवकाश प्राप्त सोही विद्यालयका शिक्षक मनोज यादवले समेत राजनीति गर्न खोजिरहेको आरोप लगाउनुभयो । 
आयोजित पत्रकार सम्मेलनमा प्रअ चौधरीले जिल्ला शिक्षा कार्यालयका सप्तरीका सव ईन्जिनियर उपेन्द्र प्रसाद यादव र विद्यालयका सहलेखापाल पुलकित यादव कुटपिट नगरेको दाबी गर्नुभयो । उहाँले विद्यालय निर्माणका क्रममा २० विद्यालयका तर्फबाट जनसहभागिता रहने प्रावधान रहेकोले विद्यालयकै काठ र ईटा प्रयोग गरेको बताउनुभयो । 
उक्त पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रसाद यादव, सदस्यहरु धनराज यादव र विद्यालयका संस्थापक सदस्य बिमल कुमार थापाको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट