News Category 2074/03/01

निर्वाचन सम्बन्धी तालिममा सहभागि हुन आएका कर्मचारीलाई राजपाले दियो धर्ना स्थलमै प्रशिक्षण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
निर्वाचन सम्बन्धी तालिममा सहभागि हुन आएका कर्मचारीहरुलाई नियन्त्रणमा लिएर राजपा नेपाल सप्तरीले धर्ना स्थलमै प्रशिक्षण दिएका छन् । तालिममा सहभागि हुन आउँदै गरेका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य ५५ जना कर्मचारीलाई राजपाले नियन्त्रणमा लिएर धर्ना स्थलमै प्रशिक्षण दिएका हुन् । 
कर्मचारीहरुलाई नियन्त्रणमा लिई धर्ना स्थलमा बसाएर राजपाका केन्द्रिय महासचिव मनिषकुमार सुमनले प्रशिक्षण दिए पश्चात् मुक्त गरिएको थियो । 
यता जिल्ला निर्वाचन कार्यालय सप्तरीले कर्मचारीहरुलाई बुधबार दिने भनिएको निर्वाचन सम्बन्धी तालिम राजपा नेपाल सप्तरीको बिरोधपछि स्थगित गरेको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा राखिएको उक्त तालिम सुरु हुनु अगावै राजपाका नेता कार्यकर्ताहरुले कार्यक्रम स्थलमा बिरोध र घेराबन्दी गरेपछि उक्त तालिम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेश कुमार ठाकुरले जानकारी दिनुभयो । 
उहाँले जिल्लाका १७ वटा स्थानिय तहका लागि कर्मचारीहरुलाई निर्वाचन सम्बन्धि तालिमको आयोजना गरिएको बताउनुभयो । 
यता राजपा महासचिव सुमनले स्थानिय तहको निर्वाचन अघि नै संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, सहिद घोषणा, घाइतेलाई क्षतिपूर्ती उपलब्ध लगायतको माँग राख्दै आन्दोलनमा उत्रनु परेको बताउनुभयो । उहाँले आन्दोलन रहरले नभएर बाध्यताले गरेको बताउनुभयो । 
यसैबीच राजपाको चार दिने बन्दको बुधबार दोश्रो दिन पनि सप्तरीको जनजिवन प्रभावित भएको छ । यहाँबाट लामो तथा छोटो दुरीका लागि चल्ने कुनै पनि सवारी साधन चल्न सकेन भने बजार तथा शैक्षिक संस्था समेत बन्द रहेको छ । 
आन्दोलनकारीहरुले चौक चौकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् भने बजार बन्द गराउन जुलुस प्रदर्शन गर्ने कार्यलाई समेत निरन्तरता दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट