News Category 2070/08/02

चार उम्मेदवार र एक चिकित्सकद्वारा लिखित स्पष्टीकरण पेश

दैनिक समाचारदाता


राजविराज÷निर्वाचन आयोगले लिखित स्पष्टीकरण सोधे बमोजिम बिभिन्न दलका चार जना उम्मेदवार र एक जना चिकित्सकले जिल्ला निर्वाचन कार्यालय सप्तरीमा लिखित स्पष्टीकरण पेश गरेका छन् ।
लिखित स्पष्टीकरण पेश गर्नेहरुमा सद्भावना पार्टी सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार नवलकिशोर साह, सोही क्षेत्रका मधेशी जनअधिकार फोरम नेपालका उम्मेदवार चन्द्र नारायण यादव, तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार जयप्रकाश ठाकुर, नेकपा एमाले क्षेत्र नम्बर ५ का उम्मेदवार गोबिन्द न्यौपाने र चिकित्सक सुर्यनारायण यादव रहनु भएको छ ।
चिकित्सक यादव मधेशी जनअधिकार फोरम नेपालका क्षेत्र नम्बर २ का उम्मेदवार चन्द्र नारायणको दाजु हुन् । फुटवल खेलको उदघाटन गरेको  गरेको भन्दै सद्भावना पार्टीका उम्मेदवार साहसँग र मतदाताहरुलाई औषधी बितरण गरी मत मागेको भन्दै फोरम नेपालका उम्मेदवार यादवसँग निर्वाचन आयोगले लिखित स्पष्टीकरण सोधेको थियो । यस्तै आफ्ना भाईलाई जिताउन शिबिर सञ्चालन गरेको र औषधी बितरण गरेको भन्दै चिकित्सक यादवलाई लिखित स्पष्टीकरण पेश गर्न भनेको थियो । 
त्यस्तै मतदाताहरुलाई खाधन्न, रकम र लुगा बितरण गरेको भन्दै तमलोपाका उम्मेदवार ठाकुरसँग र कल्याणपुर गाविसस्थित भसराज उच्च माविको प्राङगणमा चुनावीसभा गरेको भन्दै न्यौपानेसँग आयोगले लिखित स्पष्टीकरण मागेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट