News Category 2074/03/01

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुईको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
सप्तरीको रुपनी १ स्थित खाडो पुल नजिकै बुधबार बिहान रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । 
को १ ख ३९७४ नम्बरको बाँस लोड गरेको ट्रकमा पश्चिमतर्फ जादै गरेको स १ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 
दुर्घटनामा मोटरसाइकल चालक सप्तरी तेरौता ७ बस्ने ४० बर्षिय तेज नारायण चौधरी र पछाडि सवार तत्काल नाम थर वतन नखुलेको अन्दाजी २१ बर्षिय पुरुष गम्भिर घाइते भएका थिए । 
उनीहरुलाई प्रहरीले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज पठाएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । यता ट्रकका चालक फरार रहेकाले खोजी कार्य भइरेहको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट