News Category 2074/03/03

पूर्वाञ्चलबाट मेरील्याण्ड कलेज फेरि पनि उत्कृष्ट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
बिराटनगर, २ असार । 
बिराटनगरको मेरील्याण्ड कलेज यस पटक पनि पूर्वाञ्चलबाट अब्बल उच्च मा.वि. मा छानिएको छ । 
वि.स. २०५९ सालमा स्थापना भई आफ्नो १५ औँ शैक्षिक वसन्त पार गरि सकेको सधैँ टप टेनमा उत्कृष्ट कलेजमा पर्न सफल भएके हो । 
एसइई परीक्षामा सफलता प्राप्त गर्ने विद्यार्थीहरुका लागि मेरील्याण्ड राजधानी बाहिरका कलेज मध्ये सर्वोत्तम विकल्प बन्दै आएको छ । 
मेरील्याण्डका प्राचार्य लक्ष्मण ढकालले व्यवस्थापन शिक्षामा गुणस्तरीय अध्ययनको पूर्ण अवसर प्रदान गर्न समर्थ रहेको दाबी गर्नुभयो । 
कलेजले उत्कृष्ट नतिजा ल्याउने तथा गरिब जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था समेत गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुशासन र गुणस्तरीय अध्ययन नै मेरील्याण्डको प्रमुख उद्देश्य रहेको छ ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट