News Category 2074/03/05

बन्दकर्ताले सरकारी मोटरसाइकल जलाए

दैनिक समाचारदाता

दैनिक समचारदाता
राजविराज, ४ असार । 
बन्दकर्ताहरुले आइतबार दिउँसो राजविराजमा एक सरकारी नम्बर प्लेटको डिस्कोभर मोटरसाइकल जलाइ दिएका छन् । 
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले राजविराजस्थित गजेन्द्र चौकमा स १ ब ५२९ नम्बरको मोटरसाइकल जलाएका हुन् । सो मोटरसाइकल जिल्लाको साविकको कविलासा गाविस सचिवको रहेको श्रोतले जनाएको छ । 
अति व्यस्त सो स्थानमा बन्दकर्ताहरुले मोटरसाइकल जलाउँदा प्रहरी मुकदर्शक बनेको थियो । सोही स्थानमा रहेको राष्ट्रिय बाणिज्य बैंकको सुरक्षाका लागि २४ औं घटना प्रहरी तैनाथ रहेको हुन्छ ।
संविधान संशोधन, जनसंख्याको आधार निर्वाचन क्षेत्र लगायतका माँगहरु सम्बोधन भए मात्र निर्वाचनमा सहभागि हुने भन्दै निर्वाचनको बिरोध तथा पक्राउ परेका राजपा नेताहरुको रिहाईका माँग गर्दै सप्तरी लगायत निर्वाचन कार्यक्रम सुरु भएको जिल्लाहरु राजपा नेपालले आमहड्तालको आह्वान गरेको छ । 
बन्दका कारण आइतबार यहाँका विद्यालयहरु खुल्न सकेन भने लामो तथा छोटो दुरीका यातायातका साधनहरु चलेन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट