News Category 2074/03/05

राजपाद्वारा असार १४ गते आमहड्ताल घोषणा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ असार । 
राजपा नेपालले संविधानको संशोधन, मुद्दा फिर्ता, शहिद घोषणा, अपाङ्गको क्षतिपुर्ती र जनसंख्याको आधारमा स्थानिय तहको निर्धारण नभए सम्म शान्तिपुर्ण आन्दोलन जारी रहने स्पष्ट पारेको छ । 
राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्र राय यादवद्वारा आइतबार जारि विज्ञप्तिमा आन्दोलनलाई जारि राख्दै आन्दोलनका आगामी कार्यक्रमहरु सार्वजनिक गरेको छ । 
आन्दोलनका कार्यक्रम अनुसार असार ५ र ६ गते उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन जनदवाव दिने र टोल टोलमा  कालो झण्डा फहराउने, ७ गते देखि ९ गतेसम्म निर्वाचन सम्वन्धी सबै गतिविधी र कार्यक्रमहरु अवरुद्ध गर्ने रहेको छ । 
यस्तै असारढ १० गते प्रत्येक जिल्लाको सदरमुकाममा अन्तरक्रिया गर्ने, ११ गते मोटरसाईकल ¥याली गर्ने तथा १२ र १३ गते मुस्लिम दाजु भाई दिदी वहिनीहरुको ईद पर्व भएकोले उक्त दिन मधेश थरुहट वन्दको कार्यक्रम स्थगित गरिएको जारि विज्ञप्तिमा उल्लेख छ । 
साथै विज्ञप्तिमा ईदको दिनमा “ईद” को शुभकामना आदान प्रदान गर्ने र असार १४ गते मधेश र थरुहट वन्द तथा आमहड्ताल कार्यक्रम यथावत राखेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट