News Category 2070/08/02

दुई बम सेनाद्वारा निष्कृय

दैनिक समाचारदाता


राजविराज÷पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर गाविसस्थित दुई स्थानमा अज्ञात समूहले राखेको बम शनिबार बिहान नेपाली सेनाले निष्कृय पारेको छ । 
बिस्फोट गराउने उद्देश्यले राखिएको सो बम निर्वाचनको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
कल्याणपुरको बसपार्क छेउमा एउटा र पेट्रोल पम्प नजिकै अर्काे बम फेला परेको थियो । बम हेरपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । 
बम फेला परेपछि प्रहरीले केही बेर सो क्षेत्रलाई नियन्त्रणमा लिई केहीबरे सो मार्गमा आवागमन बन्द पारेको थियो । बम कसले र किन राखिएको भन्ने खुल्न नसकेको र बम राख्नेहरुको खोजी कार्य भईरहेको प्रबक्ता चौधरीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट