News Category 2074/03/06

दुर्घटनामा एक विद्यार्थीको मृत्यु, १३ जना घाईते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ असार । 
राजबिराज रुपनी सडक खण्डस्थित औद्योगिक क्षेत्र मलेठ सडक खण्डमा को .१ ख ४२२५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सोमबार दुर्घटना हुँदा बसमा सवार १३ जना यात्रुहरु घाईते भएका छन । 
सो दुर्घटनामा सप्तरीको नेगडा ३ बस्ने ३५ वर्षीय फुलकुमार यादब लगायत १३ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेहरुलाई उपचार हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यता ठक्कर दिने बसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी कार्य तिव्र रुपमा भईरहेको प्रहरीले जनाएको छ । 
यसैबिच पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बाग्मती नगरपालिका १ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ ।
ज.८ प ६४२७ नम्बरको मोटरसाइकलले हरिवन नगरपालिकाबस् ि९ बस्ने २० वर्षीय यमध्वजले चलाएको साइकललाई सोमबार ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका ६ बस्ने १७ वर्षीय जयनिल महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
यता मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सन्तोषकुमार महतो र साईकल चालक घाइते भएकोले नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । यसैबिच उनीहरु कक्षा ११ को परीक्षा दिई घर फर्कने क्रममा सो दुर्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट