News Category 2074/03/08

कृष्णासवरणमा जेष्ठ नागरिकलाई सम्मान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ असार । 
सप्तरीको कृष्णासवरण गाउँपालिका वड़ा न ३ हरिहरपुरले बुधबार एक कार्यक्रमबीच स्थानिय जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 
जनता आधारभुत विद्यालय मटीगढ़ीमा बुधवार आयोजित एक कार्यक्रममा स्थानिय ४८ जना जेष्ठ नागरिकलाई माला, अबीर र दोसल्ला ओढाई सम्मान गरिएको हो । 
योग दिवस कै दिन कार्यक्रम परेकोले योग जीवनको अभिन्न हिस्सा भएको बताउदै कार्यक्रममा सहभागि बक्ताहरुले बृद्धबृद्धाको लागि योग अभ्यासको लागि बाताबरण बनाउने धारणा राख्नुभएको थियो ।
वडा सचिव कुशेश्वर यादवको अध्यक्षता तथा कृष्णासवरण गाउँपालिकाका कार्यकारी अधिकृत राजीव झाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा थारु कल्याणकारी सभा सप्तरीका अध्यक्ष अरुण चौधरी, निवर्तमान गाविस अध्यक्ष बद्री नारायण चौधरी, सी अहेव राजकुमार यादव, शिक्षक चन्द्रकान्त चौधरी र गोपाल चौधरीले शुभकामना मनतब्य राख्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट