News Category 2074/03/08

असारमा कर्मचारी भन्दा किसानलाई चटारो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ असार । 
असार मसान्तको चटारो सरकारी कार्यालयका कर्मचारीहरुलाई मात्र नभई यहाँका किसानहरुलाई समेत लागेको छ ।
मनसुनी वर्षासँगै तराईका किसानहरुलाई खेतमा धान रोप्न भ्याई नभ्याई रहेको छ ।
खेतीपातिको सिजनमा यहाँका किसानहरु मनसुनी वर्षसँगै आ–आफ्नो खेतमा बिउ उखल्नेदेखि खेत जोताई गर्नुका साथैै खेतमा धान रोप्नमा व्यस्त छन् ।
असारको दोश्रो हप्तापछि समान्य मनसुनी वर्षा भए लगतै किसानहरुलाई खेत जोत्नेदेखि धान रोपाई गर्नबाट फुर्सद छैन ।
अझै पनि खेतमा आवश्यकता अनुसार पानी नलागेपनि जसोतसो मोटरबाट पानी हालेर खेतमा धान रोप्दै गरेको बरही बिरपुर ७ का कृषक वौआ लाल यादवको भनाई रहेको छ । उनी जस्तै खासगरी जिल्लाको पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी भेगका अधिकांश किसानहरु मोटरको सहायताले खेत रोपाई गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट