News Category 2074/03/09

भगत दम्पत्तिद्वारा कटैयास्थित प्राविलाई जग्गादान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ असार । 
मन्त्री परिषदको २०७३ चैत्र २४ गतेको निर्णयअनुसार सप्तरीको साविकको कटैया गबिसस्थित प्राविलाई श्री जनता राष्ट्रिय गजेन्द्र सावित्री प्राथमिक विद्यालय मकरी नामाकरण गरेको छ ।
जग्गादाता स्व.गजेन्द्र प्रसाद भगत तथा उनकी श्रीमती सावित्री भगतद्वारा सो विद्यालयलाई ५ कठा १० धुर जग्गा करिब ३० लाख मुल्य बराबरको सम्पत्ति निशुल्क दान गरेपछि मन्त्री परिषदको बैकठले विद्यालयको नाम परिवर्तन गरिएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
२०६६ सालमा स्थापना भएको सो विद्यालयमा हाल १ सय २५ जना बालबालिकाहरु अध्ययनरत छन भने दरबन्दी शिक्षक एक जना, बालविकास सहजकर्ता एक, कार्यालय सहयोगी एक र नीजि श्रोतबाट दुईजना शिक्षकहरु कार्यरत रहेको विद्यालयका प्रअ विद्यानन्द चौधरीले जानकारी दिनुभयो । 
उहाँका अनुसार सो विद्यालयमा एउटा बालविकास सहित ३ वटा ब्लक, एक शौचालय सहितका भौतिक सामग्रीका साथै ५ कठा ५ धुर विद्यालयमै तथा ५ धुर जग्गा अन्य स्थानमा रहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट