News Category 2074/03/11

बोक्सीको आरोपमा महिलालाई कुटपिट, दोषीलाई प्रहरीको संरक्षण

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको सुरुंगा नगरपालिका ३ लक्ष्मीपुर बस्ने विनादेवी यादवलाई कथित बोक्सीको आरोपमा उनकै छिमेकीहरुले मरनासन हुने गरी निर्घात कुटपिट गरेका छन ।  
स्थानीय फौदी यादवका बुहारीलाई भूत लगाइदिएको भन्दै स्थानीय सत्यनारायण यादव, तेजनारायण यादव, रानीवत्ती यादव, ललिता यादव, गेना यादव, ककुलती यादव, जिवछी यादवलगायत दर्जनौको एक समूहले विनादेवीलाई मरनासन कुटपिट गरेको हो । 
स्थानीय कपलेश्वर धामीले झाक्री बसेको बेला छिमेकीको कर्तुत रहेको भनेपछि फौदी यादवलगायतका घरपरिवारले विनादेवीलाई दुई दिनदेखि गालीगलौज गर्दै आएका थिए । दुई दिनदेखि चल्दै आएको गालीगलौजपछि शुक्रवार विवादकै क्रममा फौदी यादवपक्षले विनादेवीको घरमै पुगेर मरनासन कुटपिट गरेको पीडितका पति मोतीलाल यादवले बताउनुभयो । 
विभिन्न किसिमको वात लगाएपछि फौदी यादवलगायतका समूहले विना यादवलाई कथित बोक्सी भनेर मरनासन कुटपिट गर्दा प्रतिकारमा केही व्यक्तिमाथी समान्य चोट लागेको छ । कुटपिटमा संलग्न लक्ष्मीपुर चौकीले दुई जनालाई नियन्त्रणमा लिएपनि राजनीतिक दवावको कारण केही छिनमा रिहा गरिएकोे छ । 
यता प्रहरीले यसरी अपराधीलाई संरक्षण गर्दै गरियो भने न्याय पाउन कहा जानु पर्ला पीडितका देवर धनिकलाल यादवले गुनासो पोखेका छन् । पीडित विना यादवलाई उपचारको लागि सिरहाको लहानको एक अस्पतालमा भर्ना गरिएको छ भने उनको टाउंकोमा ९ वटा टांका लागेको छ । हात र छातीमा समेत चोट लागेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट