News Category 2074/03/13

जन ज्योतिबाट बेरोजगारलाई सिटी रिक्सा हस्तान्तरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ असार ।
“वेरोजगार युवालाई रोजगार बनाउनका लागि” युवा स्वरोजगार तथा साना व्यवसाय कोषबाट प्राप्त रकमबाट जन ज्योति कृषि सहकारी संस्थाले एक जना बेरोजगारलाई सिटी रिक्सा हस्तान्तरण गरेको छ । 
युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रेम डंगोल र सप्तरीका प्रमुख अधिकारी कृष्ण बहादुर कट्वालले ईटहरी विष्णुपुर निवासी बुधन साहलाई सोमबार सो सिटी रिक्सा हस्तान्तरण गर्नु भयो । 
हस्तान्तरण कार्यक्रममा कोषका उपाध्यक्ष डंगोलले संस्थाको कार्यप्रति साहनिय रहेको भन्दै सहकारी मार्फत विदेशिन लागेका युवालाई स्वदेशमै रोजगार दिन सक्ने विश्वास व्यक्त गर्नु भयो । 
संस्थाले यस अघि आजको रिक्सा चालक भोलीका मालिक योजना अन्तरगत १ सय ५० थान रिक्सा समेत प्रदान गरि रिक्सा चालकबाट रिक्सा मालिक बनाई सकेको छ । 
हाल संस्थाले वातावरण मैत्री योजना अन्तरगत युवा स्वोरोजगार कोष मार्फत ११ थान सिटी रिक्सामा लगानी गरेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट