News Category 2074/03/18

बाढीले सप्तरीको विभिन्न स्थान जलमग्न, बाढीमा परेर एक सशस्त्र जवानको मृत्यु, एक शव फेला

दैनिक समाचारदाता

राजविराज÷शुक्रबार रातीदेखिको वर्षाले सप्तरीस्थित विभिन्न खोलाहरुमा आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाहरुको दर्जनौं बढी गाउँ प्रभावित भएको छ । 
अबिरल बर्षाको कारण जिल्ला अन्तर्गत विभिन्न खोला नदीमा आएको बाढीका कारण  राजबिराज नगरपालिका, कंचनरुप नगरपालिका, तिरहुत गाउपालिका, रुपनी गाउँपालिका, तिलाठी कोईलाडि गाउपालिका, कृष्णासवरण गाउपालिकाका स्थानहरुमा बाढीको पानी पसेको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार १ हजार ५ सय घर डुवानमा परेको छ । बाढीवाट प्रभावित स्थानमा प्रहरी तथा स्थानियहरुको सहयोगमा उद्दार कार्य गरिएको जनाइएको छ । 
यता जिल्लाको खाँडो, विगुल, त्रियुगा, महुली र सुन्दरी खोला लगायतमा बाढी आएको हो । बाढीले खोलाको बाँध ओभरफ्लो र केही ठाउँमा कटानसमेत भएर बाढी गाउँ बस्तीतर्फ पसेको हो । बाढीले हजारौं विगहामा लगाइएको धानबाली समेत डुबानमा परेको छ । 
यसैबीच जिल्लाको लौनियाँमा खोलाले वगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ । उक्त शवको पहिचान हुन सकेको छैन ।
यस्तै सशस्त्र प्रहरी बेस क्याम्प बर्साइनको छेउमा आएको बाढीको पानीमा डुबेर २९ वर्षिय प्रहरी जवान सुमन आचार्यको मृत्यु भएको छ । बाढीको पानीको गहिराई जाँच्ने क्रममा इलाम घर भएका जवान आचार्यको पानीमा डुवेर वेपत्ता भएका थिए । वेपत्ता भएका उनको शव शनिबारै  दिउँसो फेला परेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प वर्साइनले जनाएको छ । 
खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकाको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र जलमग्न भएको छ । उक्त औद्योगिक क्षेत्रको पर्खाल भत्काएर बाढी भित्र पसेको हो । सोही बाढीले बसबिट्टी र राजविराज नगरपालिका १ डुमरी शिवथान, राजविराज ९ मलेठका सय घरमा पानी पसेपछि स्थानीयहरुको जनजीवन प्रभावित बनेको छ । यस्तै जिल्लाको तिलाठी, रायपुर लगायतका स्थानमा पनि पानी पसेको स्थानियहरुले बताएका छन् । 
यसैगरि बस्तीमा अचानक  पानी पस्दा मलेठका मो. यासिनको कुखुरा फर्ममा रहेका करिब १ हजार ५ सय कुखुरा समेत पानीमा बगेको पीडितले बताए । यस्तै लौनियाँ, मैनाकडेरी, वसविट्टि, पौंवा, मुसहरनिया पिपराही, पकरी, रम्पुरा, मल्हनियाँ लगायतका गाउँ डुवानमा परेको छ । 
यसैगरि महुली खोलामा आएको बाढीले गर्दा पोर्ताहा ४, ६, ७, र ८ का करिब तीन सय भन्दा बढी घर डुबानमा परेको छ । यसैगरी सुन्दरी खोलाको बाँध भत्किएर लोहजारस्थित दर्जन बढी घरसमेत डुबानमा परेको छ भने तिलाठी कोइलाडी गाउँपालिको तिलाठी पनि खाँडो खोलाको बाढीले जलमग्न बनेको छ ।
यता बाढी प्रभावित क्षेत्रहरुमा सुरक्षाकर्मी परिचालन गरेको र उद्धार आवश्यक भएको ठाउँमा उद्धारसमेत भईरहेको सप्तरीका प्रहरी प्रमुख एसपी अनुराग द्विवेदीले जानकारी दिनुभयो ।
यसैबीच बाढी पीडितहरुले राजविराज रुपनी सडक खण्ड अन्तरगत मलेठमा चक्काजाम समेत गरेका छन् । उनीहरुले समयमा स्थानिय प्रशासनले ध्यान नदिएको भन्दै बाढीले क्षति पु¥याएको भन्दै चक्काजाम गरेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट