News Category 2074/03/21

अनियमितताको आरोपमा सप्तरी र पर्साका प्रहरी प्रमुख मुख्यालय तानिए....

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० असार ।
सप्तरीका र पर्साका प्रहरी प्रमुख अनियमितता आरोपमा प्रहरी मुख्यालय तानिएका छन् । 
प्रहरी मुख्यालयमा परेको उजुरीका आधारमा सप्तरीका प्रमुख एसपी सप्तरीका अनुराग द्विवेदी र पर्साका प्रमुख एसपी गोविन्द साह आर्थिक अनियमिमताको आधारमा अनुसन्धानका लागि हेडक्वार्टर तानिएका हुन् ।
तर, कुन र केको अनियमितता प्रहरी मुख्यालयले खुलाएको छैन । 
यसअघि सप्तरीका प्रहरी घुमुवाहरु प्रदीप यादव र मोती पटेललाई समेत प्रहरी मुख्यालयले तानेर निलम्बन गरि अनुसन्धान अगाडी बढाएको श्रोतले दाबी छ । 
पछिल्लो पटक सप्तरीको कडोरबोना, बेल्ही र तिलाठी नाकाबाट ठूलो मात्रामा स्याउ, अलौची र जिराको तस्करी हुँदै आएको श्रोतले बताएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट