News Category 2074/03/21

लगातारको वर्षाले सप्तरीको विभिन्न स्थान उच्च जोखिममा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० असार ।
मंगलबार साँझ ५ बजेदेखी परेको अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले सप्तरीका विभिन्न स्थानहरु डुवानमा परेको छ । 
जिल्लाको लोहजरामा र भेडियामा महुली खोलामा आएको बाढीले लोहजराको ५० बढी र भेडियाको दर्जनौं घर डुवानमा पर्नका साथै उच्च जोखिममा रहेको छ । 
यस्तै खाँडो खोलाको बाँध भत्किदा सकरपुराको ३० परिवारको घरमा पानी पसेको छ भने त्यस क्षेत्र पनि उच्च जोखिममा रहेको छ । 
त्यस्तै सुन्दरी खोलामा आएको बाढीले कंचनरुप नगरपालिका ९ स्थित रधुनाथपुरमा सात घर समेत उच्च जोखिममा रहेको छ । त्यस क्षेत्र वरिपरि पानीको वहाव पनि उच्च रहेको छ । 
यसअघि गत शनिबार आएको बाढीले रघुनाथपुरका ६ घर बिस्थापित भइसकेको छ । मंगलबार साँझै दैविक प्रकोप उद्दार समिति र खानेपानी तथा सरसफाईको आकस्मिक बैठक बसेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट