News Category 2070/08/03

राजविराजमा दुई सकेट बम फेला

दैनिक समाचारदाता

दैनिक संवाददाता
सप्तरी, ३ मंसिर ।
सप्तरी सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान दुई वटा सकेट बम फेला परेको छ । निर्वाचन विथोल्ने र जनतालाई त्रसित पार्ने उद्देश्यले ती बमहरु राखिएको प्रहरीले जनाएको छ । 
राजविराजस्थित पश्चिम बस स्टेण्ड र निर्वाचन कार्यालय सप्तरी भन्दा करिब २०० मिटर पश्चिम राखिएको ती बमहरुलाई सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको छ । 
राखिएको बमहरु सकेट बम भएको प्रहरीले जनाएको छ । बम राखिएको खबर पाए लगत्तै प्रहरीले सुरक्षा सतर्कता अपनाई ती क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरेको थियो । 
ती क्षेत्रहरुमा करिब एक घण्टा आवतजावत बन्द रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट