News Category 2074/03/25

शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्याहरु समाधानको माग गर्दै बालबालिकाहरु बसे रिले अनसनमा

दैनिक समाचारदाता

राजविराज÷शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्याहरु समाधानको माग गर्दै १४ बुँदे माँगसहित शनिवारदेखि राजविराजमा विद्यार्थीहरुले रिले अनशन शुरु गरेका छन् । 
राजविराजस्थित गजेन्द्र चौकमा लालि गुराँस बाल क्लवको अगुवाईमा सुरु गरिएको रिले अनशनको पहिलो दिन क्लवका अध्यक्ष मो. जकउल्लाहको नेतृत्वमा विद्यार्थीहरु अनसनमा बसेका छन् । 
शैक्षिक क्षेत्रका देखिएका विभिन्न समस्या समाधान गर्न यस अघि जेठ २५ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र शिक्ष मन्त्रीलाई ज्ञापन पत्र पठाउँदा पनि कुनै सुनुवाई नभएकाले बाध्य भई अनशन गरिएको अध्यक्ष जकउल्लाहले बताउनुभयो ।
कुनै पनि बन्द, हडतालमा विद्यालय एक दिनको लागि पनि बन्द नहुने गरी पुर्ण रुपमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, देशभरीकै शिक्षकहरुको शैक्षिक प्रमाण चेकजाँच हुनुपर्ने र नक्कली पाएमा सख्त कार्बाही गर्नुपर्ने, कक्षा १२ सम्मको रजिष्ट्रेशन फर्म, परीक्षा फर्म र प्रैक्टिकल फर्म निशुल्क हुनुपर्ने तथा एक कक्षा उतिर्ण गरी अर्को कक्षामा जानको लागि पुन भर्नाको चार्ज नहुनुपर्ने लगायतका माँगहरु अघि सार्दै रिले अनसन शुरु गरिएको छ । 
त्यस्तै पाठयपुस्तक समयमै उपलब्ध गराउनु पर्ने, पाठ्यपुस्तकको मनपरी मुल्य नियन्त्रण गर्नु पर्ने, वन्द हडतालवाट विद्यालयलाई अलग गरेर राख्नु पर्ने, रजिष्ट्रेशन र परिक्षा शुल्क निशुल्क गरिनु पर्ने, मदरसाहरुलाई अन्य सरकारी विद्यालय सरह सेवा सुविधा उपलब्ध गराउनु पर्ने लगायतका माँगहरु रहेका छन् ।
यस्तै हरेक सरकारी विद्यालयमा बैशाख २५ गते भित्र किताब पु¥याउनुपर्ने र समयमै विद्यार्थीहरुलाई किताब दिनुपर्ने, सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखि गुणस्तरीय शिक्षा सबै विद्यार्थीलाई प्रदान गर्नुपर्ने तथा विद्यालयबाट टाढा रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन पहल गर्नुपर्ने, शिक्षामा सुधार गर्नको लागि केन्द्रिय स्तरबाटै नियमित अनुगमन तथा निरीक्षणको व्यवस्था मिलाउनुपर्ने र विद्यालयबाट पढाईको अवस्थाबारे जानकारी लिनुपर्ने र कमि कमजोरी भए पहल गर्नुपर्ने, किताव कम्पनीहरुले निजि विद्यालयहरुमा मेरो किताब लगाउन भनेर आर्थिक चलखेल भईरहेकोले त्यसको वास्तविकता बुझी दोषीमाथि कार्बाही गर्नुपर्ने लगायतका माँगहरु अघि सारीएको छ ।
यसैबिच विद्यार्थीहरुको रिले अनसनमा एक दर्जन भन्दा वढि संघसंस्थाहरुले ऐक्यवद्धता समेत जनाएका छन् । अनशन स्थलमा पुगेका नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, नागरिक संजालका अध्यक्ष सुखराम यादव, सेभ द नेपालका कार्यकारी निर्देशक अजित ठाकुर, नेविसंघका पुर्व सहमहामन्त्री ईर्साद अन्सारी लगायतले विद्यार्थीहरुको जायज माग प्रति ऐक्यवद्धता जनाउँदै अविलम्व सम्वोधन गर्न सरकारसँग माग गरेका छन् । 
यता माग पुरा नभएमा सप्तरी जिल्लाका वाल सञ्जाल र नगर वाल सञ्जाल समेत अनसनमा बस्ने राजविराज वाल सञ्जालका सचिव सौरभ यादवले जानकारी दिनुभयो । सात दिने रिले अनशनबाट पनि माग पुरा नभए दोस्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु अघि वढाईने अध्यक्ष जकउल्लाहले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट