News Category 2074/03/25

जन ज्योेतिद्वारा संस्थाका बचतकर्ता एवं ऋणीलाई राहत वितरण

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको खाँडो नदीको कटानबाट प्रभावित मलेठका बढी पीडित परिवारलाई जन ज्योती कृषि सहकारी संस्था मलेठले संस्थाका बचतकर्ता तथा ऋणीहरुलाई राहत बितरण गरेको छ । 
बाढी पीडितहरुलाई संस्थाका बचतकर्ता एंव ऋणीलाई नगद दुई हजारका दरले शनिबार संस्थाको कार्यालयमा एक कार्यक्रमबीच सो राहत वितरण गरेको हो ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा समाजसेवी हरेकृष्ण प्रसाद सिंह हरीबाबुको प्रमुख आतिथ्य एवं वरिष्ठ पत्रकार अनिल कुमार अनलको बिशिष्ट आतिथ्यमा आयोजित सो कार्यक्रममा संस्थाका शेयर धनी उदयमान प्रसाद सिंह सहितले सो राहत वितरण गर्नुभयो । 
यसरी राहत पाएकाहरुमा साविकको मलेठ ४ का अरुण कुमार यादव, ३ का रामचन्द्र यादव, सत्यदेव यादव, सुगदेव यादव, निरज यादव, पाण्डव यादव, १ का रामेश्वर खंग, राजु यादवलाई जनही दुई हजार का दरले राहत प्रदान गरिएको संस्थाका अध्यक्ष मण्डलले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट