News Category 2074/03/26

चट्याङ लागेर महिलाको मृत्यु, तीन जना घाईते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ असार । 
आईतबार दिउँसो चट्याङ्ग लागेर सप्तरीमा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भिर घाईते भएका छन् । 
जिल्लाको बिष्णुपुर गाउँपलिका २ बस्ने २६ बर्षिया पुन्तीदेवी यादवको चट्याङ लागेर घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
त्यस्तै घाईते हुनेमा राजेन्द्र प्रसाद यादब र निजको ६२ बर्षिय आमा गुजिया देवी यादव रहेका छन् । उनीहरु दिउँसो धान खेतमा धानको बिउ उखाल्ने क्रममा चट्याङ लागेर घाइते भएको स्थानीयबासीहरुले बताएका छन । 
त्यसैगरी जिल्लाकै डाक्नेश्वरी नगरपलिका ७ ब्रम्हपुरमा चट्याङ लागेर एक महिला घाईते भएकी छन् । घाईते हुनेमा सोही नगरपालिका बस्ने अर्जुन चौधरीको ३५ बर्षिया श्रीमती आशा चौधरी रहेकी छन् । 
उनी धानको खेतमा काम गर्ने क्रममा चट्याङ् लागेर घाईते भएकी हुन् । उनको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल सगरमाथामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट