News Category 2074/03/27

ससुराली आएका ज्वाँईमाथी खुकुरी प्रहार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ असार । 
सप्तरीको कन्चनरुप नगरपालिका ३ स्थित बरमझिया सदा टोलमा आईतबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन् । 
ससुराली घर आएका तेतौरा ९ बिरेन्द्र बजार बस्ने ३४ बर्षिय रंजित खङलाई सामान्य घरायसी बादबिवाद हुँदा २८ बर्षिय जेठान देबु ऋषीदेवले टाउकोमा खुकुरी प्रहार गरेका थिए । 
खुकुरी प्रहारबाट सख्त घाईते खङलाई उपचारकालागी स्थानीय धर्मेश्वर अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । खुकुरी प्रहार गरी फरार रहेका ऋषीदेवको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट