News Category 2074/03/27

लुम्बनी म्यानपावरद्वारा बाढीपीडितलाई राहत वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ असार । 
सप्तरीका वाढी प्रभावितहरुलाई सोमवार लुम्बनी म्यानपावर काठमाडौंले राहत सामग्री वितरण गरेको छ । 
राजविराजस्थित विपी विचार समाजको कार्यालयमा आयोजित राहत वितरण कार्यव्रmममा साविकको राजविराज नगरपालिका ९, १० र मलेठ गाउँका बाढी पीडित ६५ परिवारलाई साडी, घोती, पेन्ट, टिसर्ट लगायतका राहत सामग्री वितरण गरिएको हो । 
सो अवसरमा स्थानीय विकास अधिकारी पोखरेलले वर्षौदेखि स्थानियले भोग्दै आएको बाढीको पीडा न्यूनीकरणका लागि दीर्घकालीन उपाय खोज्नुपर्नेमा जोड दिनुभयो । 
यस्तै राहतका लागि सहयोग उपलब्ध गराउने लुम्विनी म्यान पावर कम्पनीकी सञ्चालिका मुडभरीले पहाडलाई दुःख पर्दा मधेशले र मधेशलाई दुःख पर्दा पहाडले सहयोगको हात बढाउने परम्परालाई निरन्तरता दिँदै पीडितहरुका लागि छोटो सहयोग लिएर आएको बताईन ।
सहयोगी संस्था लुम्बनी म्यानपावरका सञ्चालिका माधुरी मुडभरीको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रममा प्रमुख अतिथी स्थानिय विकास अधिकारी सुदेव पोखरेल, वि.पी. विचार समाजका अध्यक्ष एवम् काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, काँग्रेस नगर सभापति शम्भुलाल देव, पूर्व स्ववियु सभापति समीर झा लगायतले वाढी पीडित परिवारहरुलाई राहत वितरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट