News Category 2074/03/27

तिलाठीवासीले भने, “राहत होइन् स्थायी समाधान गर”

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ असार । 
लगातारको बर्षापछि आएको बाढीबाट पीडित भएका सप्तरीको तिलाठीबासीहरुले विभिन्न संघसंस्थाहरुले प्रदान गर्न आएकाहरुलाई राहतसहित फिर्ता पठाएका छन् । 
गत शुक्रबारदेखि भईरहेको अबिरल बर्षाका कारणले गर्दा तिलाठीका सयौं घर डुबानमा परेपछि त्यहाँका बाढी पीडित परिवारहरुका लागि विभिन्न संघ संस्थाहरुले राहत वितरण गर्न गएको बेला स्थानीयबासीहरुले आफुहरुलाई राहत नभई पुर्नबास तथा ठोस निकास मिल्नुपर्ने माँग गरेका हुन । 
तिलाठीबासीहरुले आफुहरुलाई राहत होईन स्थायी समाधान हुनुपर्ने राज्य तथा सम्बन्धित निकायसँग जोडदार रुपमा माँग गरेका छन् । 
तिलाठीमा सोमबार राजविराज आईडियल तथा युवा संघ नेपालका कार्यकर्ताहरुले राहतका विभिन्न सामग्रीहरु वितरण गर्न पुगेका थिए, तर तिलाठीबासीहरुले ती राहतका सामग्रीहरु नलिई फिर्ता पठाएको स्थानीयहरुले बताएका छन ।
तिलाठीप्रति राज्यको उदासिनता रहेको भन्दै स्थानीय बयोवृद्ध एवं समाजसेसवि शम्भु झाले राहत हैन तिलाठीबासीहरुलाई स्थायी रुपमा तटबन्ध निर्माण गरि बाढी समस्या समाधान गर्नुपर्ने माँग गशस्र्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट