News Category 2074/03/28

सप्तरीमा मल खाद्यको कृत्रिम अभाव किसानहरु चिन्तित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
नेपाल कृषि प्रधान मुलुक भएपनि यहाँ प्रत्येक वर्ष सहुलियत दरमा मलखाद्य तथा विउ उपलब्ध हुन नसक्दा यहाँ किसानहरु अन्यौलमा पर्ने गरेका छन् ।
आवश्यकता अनुसारको मलखाद्य तथा विउविजन यहाँका किसानहरुलाई सहुलियत दरमा समयमा उपलब्ध नहुँदा यहाँका किसानहरु भारतबाट बाध्य भएर गुणस्तरहिन मल ल्याएर प्रयोग गर्न बाध्य हुन्छन् ।
सरकारले किसानहरुका सहुलियत दरमा पठाउने मलखाद्य कृषि सामग्री संस्थान मार्फत विक्री वितरण गर्ने प्रावधान रहे पनि संस्थानले उक्त मलखाद्य कृषि सहकारी संघ तथा संस्थालाई विक्री वितरण गर्न दिने गरेका छन् ।
यता किसानहरुलाई सहुलियत दरमा मल खाघ उपलब्ध हुन नसकेका कारण जिल्लाका हजारौ किसानहरु असार बित्न लाग्दा पनि धान रोपाई गर्नबाट बञ्चित रहेको स्थानीय किसानहरुले गुनासो  गरेका छन । 
सप्तरीको बरही बिरपुर गाविस ७ का किसान वौआ लाल यादबका अनुसार एक बोरा मलको लागी महिनौ दिनदेखि कृषि संस्थान तथा संघमा भौतारिदा पनि पाउन सकिएको छैन् ।
हाल पुनः संस्थानमा मलखाद्यको कृत्रिम अभाव भएपछि सहुलियत दरमा किसानहरुलाई मलखाद्य उपलब्ध नहुँदा किसानहरु बाध्य भएर छिमेकी भारतबाट गुणस्तरहिन मलखाद्य प्रयोग गर्न बाध्य छन् । हाल जिल्लामा डिएपी मलको कृत्रिम अभाव भएको गुनासो किसानहरुको गुनासो छ । 
सुहुलियत दरमा मलखाद्य उपलब्ध नहुँदा यहाँका किसानहर एकाविहानै भारतको नियौर, अन्रामण्ठ, लौकही सहितका विभिन्न स्थानबाट गुणस्तरहिन मल ल्याएर गहु खेतीमा प्रयाग गर्दै आएका छन । बारम्बार खेती सिजनमा मलखाद्यको कृत्रिम अभाव रोक्न सरकार तथा सम्बन्धित पक्षसँग स्थानीय किसानहरुले जोेडदार माँग गरेका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट