News Category 2074/03/28

वाढीसँगै सर्पदंशका बिरामी बढे

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
सप्तरीमा वाढी समस्यासँगै अहिले सर्प दंशको घटनामा समेत वृद्धि भएको छ । 
विगत दुई साताको अवधिमा वाढी प्रभावित क्षेत्रका ४५ जना सर्पको टोकाईवाट घाईते भएको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजले जनाएको छ । 
अविरल वर्षासँगै आएको वाढीपछि सर्पको टोकाईवाट अस्पतालमा भर्ना हुनेको संख्या एक्कासी वद्धि भएको अस्पतालको ईमर्जेन्सि शाखाका सिनियर अहेव जयकृष्ण गुरमैताले जानकारी दिनुभयो ।
उहाँले अहिले प्रत्येक दिन २ देखि ६ जनासम्म सर्पदंशका बिरामीहरु आउने गरेको बताउनुभयो । जसमध्ये अधिकांश वाढिवाट प्रभावित भेडिया, सकरपुरा, रम्पुरा मलहनीया, मैनाकडेरी, वसविट्टि, मलेठ, वोरीया, कटैया र प्रसवनीका छन् ।
पछिल्लो पटक सर्पको टोकाईवाट मंगलवार कटैया २ की ४० वर्षिया उम्दादेवी यादव, राजविराज १० की ७ वर्षिया चाँदनी यादव, वोरिया ७ की २८ वर्षया मालादेवी यादव र प्रसवनी ४ की ३ वर्षिया द्रौपदि मण्डल घाईते भई अञ्चल अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । यो सँगै दुई साता यता सर्पको टोकाईवाट घाईते हुनेको संख्या मंगलवारसम्म ४५ पुगेको छ । 
यसरी सर्प दशंका घटना उल्लेखनीय रुपमा वृद्धि हुँदै गएपछि अस्पतालले एण्टि स्नेक भेनम नामक औषधी पर्याप्त मात्रामा झिकाइएको छ । अर्कोतिर गर्मी र वर्षासँगै अस्पतालमा ज्वरो, झाडा पखाला र रुघाखोकीका विरामीको पनि चाप वढेको छ । गर्मी मौसममा भाइरल संक्रमण वढि हुने भएकाले विरामीको चाप वढेको अस्पतालले जनाएको छ ।
विभिन्न रोग र सर्पदंशवाट पीडितहरुको संख्या अत्याधिक भएपछि वेडको अभावमा भुईमै राखेर भएपनि अस्पतालमा उपचार सेवा भइरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट