News Category 2074/03/28

रौतहटका यूवा पत्रकारको अगुवाईमा बाढी पीडितलाई राहत वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
रौतहटका यूवा पत्रकारहरुको अगुवाईमा संकलन गरी ल्याएको राहत सामग्री सप्तरीको सकरपुरा र रायपुरका बाढी पीडितहरुलाई बितरण गरिएको छ । 
ती राहत सामाग्रिहरु दुवै ठाउँका एक सय परिवारलाई वितरण गरिएको हो । राहत सामग्रीहरुमा म्याट, चुरा, दालमोड, बिस्कुट, भूजिया, झुल, मिनर वाटर, चाउचाउ, गम्छा, सेनटरी प्याडसहितका सामग्री रहेको रौतहटका पत्रकार रमेश ठाकुरले जानकारी दिनुभयो । 
यस्तै सकरपुरामा जिल्ला खानेपानी डिभिजन कार्यालय राजविराजले ६५ परिवारलाई एक थानको बाल्टिन र सरसफाई सामग्री प्रदान गरेको छ ।
राहत बितरण अवसरमा खानेपानीका कार्यालयका प्रमुख लोकेन्द्र यादव, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, कोसी पीडित समाजका अध्यक्ष देवनारायण यादव, युनिसेफकी सुनिता सुल्फे, प्रेस यूनियनका कार्यबाहक अध्यक्ष आर.एन. विश्वास, राजपाका यूवा नेता निरज मुक्तिको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट