News Category 2074/03/29

दुई एसपीले राजिनामा दिदै, सप्तरीको एसपीमा सिंह आउँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ असार । 
नेपाल प्रहरी भित्र विभेद भएको भन्दै दुई जना मधेशी प्रहरी अधिकारीहरुले राजिनामा दिने बताएका छन् । 
प्रहरी संगठनभित्र मधेशी र पहाडीको संकुचित मानसिकता हावी रहेको बताउँदै उहाहरुले राजिनामा दिन लागेको बताउनु भएको हो । 
प्रहरी उपरीक्षक अनुराग द्धवेदीले आफुहरु कुसल पूर्वक काम गर्दै आएपनि जातीय विभेदका कारण आफुहरुलाई विनाकारण हेडक्वाटर झिकाई दण्डित गर्ने काम भएको बताउनुभयो ।
हेडक्वाटर बोलाएको पनि यति दिनसम्म हुँदासमेत कुनै जानकारी नदिएकोले आफुहरु राजिनामा दिने तयारी गरेको द्धवेदीले जानकारी दिनुभएको हुलाकी न्यूजमा जनाइएको छ ।
जिल्लामा शान्तिसुरक्षा चुस्त राख्दा राख्दै पनि आफु निकटकालाई पठाउन विना कारण पर्सा र सप्तरीका प्रहरी उपरीक्षकलाई हेडक्वाटर तानेको प्रहरी स्रोतको भनाइ छ ।
पर्साका प्रहरी उपरीक्षक गोविन्द साह र सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्धिवेदीलाई विना कारण हेटक्वाटर तानिएको छ । उहाँहरुले आफ्नो कार्यकुशलता देखाउँदै जिल्लाको सुरक्षा अवस्था मजबुद बनाएको स्थानीयवासीहरुले अनुभुत गरेका थिए ।
गत एक सातादेखि जिल्लाबाट बोलाएर हेडक्वाटरमा राखेको र बोलाउनुको कारण समेत नबताउँदा आफुहरुले राजीनामा दिने तयारी गरेको प्रहरी उपरीक्षक गोविन्द साहले बताउनुभयो ।
आफुहरुलाइ बोलाउनुको कारण बारे जानकारी लिन एक सातादेखी प्रहरी महानिरिक्षकलाई भेट्न खोजे पनि समय नदिएको र बुधबार अचानक काजमा अरुलाई नै जिल्लामा खटाइएको भन्ने खबर आफुहरुले पाए पछि पदमा बसिरहनु उचित नभएको भन्दै दुवै जनाले राजिनामा दिने बताउनुभयो ।
यता पर्साका प्रहरी उपरिक्षक साहलाई हेडक्वाटर झिकाइएको घटनाका बारेमा जिल्लाका स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु पनि चकित बनेका छन् । हेडक्वाटरले साहको ठाउँमा सुदिप गिरी र द्धिवेदीको ठाउँमा मुकेश सिंहलाई खटाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट