News Category 2074/03/29

सैनिक श्रीमती संघद्वारा बाढीपीडितलाई राहत वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ असार । 
सैनिक श्रीमती संघ नेपाली सेना भद्रकाली काठमाडौंले बुधबार सप्तरीको मयनाकडेरीमा ४ सय बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ । 
जिल्लाका तिरुहत गाउँपालिकास्थित मयनाकडेरी, भेडिया र हनुमाननगर कंकालिनी नगरपालिका पोर्ताहाका बाढी पीडितहरुलाई सो राहत वितरण गरिएको हो । 
प्रत्येक बाढी पीडित परिवारलाई मण्डी एक थान, पिठो १० किलो, दाल ५ किलो, चिनी ५ किलो, नुन १ प्याकेट र जिवनजल १० प्याकेटका दरले वितरण गरिएको छ । 
नेपाली सेनाका पूर्वी पृतनापतिका उपरथी प्रह्लाद थापा, सैनिक श्रीमती संघकी सल्लाहकार सारदा थापा, १८ बाहिनी अडका निमित्त बाहिनीपति महासेनानी भरत चन्द्र गुरुङ, राजविराजस्थित श्री कृष्ण दल गणका गणपति डम्बर बोहरा लगायतले सो राहत सामग्रि वितरण गर्नुभयो । 
गत असार १७ गते खाँडो, बलान, त्रियुगा, सुन्दरी लगायतको खोलामा आएको बाढीका कारण जिल्लाको १ हजार ५ सय परिवार प्रभावित भएका छन् भने १४ घर विस्थापित समेत भएको छ ।  
यता सेनाले सशस्त्र र नेपाल प्रहरीसित समन्वय गरी महुली खोलाको बाढीले भत्काएको बाँध निर्माणमा समेत जुटिरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट