News Category 2074/04/02

मतदाता नामावली संकलन कार्य सुरु विदाको दिन पनि मतदाताको नाम दर्ता हुने ः निर्वाचन कार्यालय

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ साउन । 
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्य सञ्चालन गरेको छ ।
सोही अनुसार सप्तरीमा पनि आइतबारदेखी जिल्ला निर्वाचन कार्यालय सप्तरीमा मात्र फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु गरिएको छ । 
सो कार्यको पहिलो दिन आइतबार ७४ जना पुरुष र २६ जना महिला गरि एक सयजनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेश कुमार ठाकुरले जानकारी दिनुभयो । 
उहाँले यस कार्य साउन १५ गतेसम्म कार्यालय समय भन्दा एक घण्टा अगाडी र एक घण्टा पछाडी अर्थात शुक्रबार बाहेक अरु दिन बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म संचालन हुने बताउनुभयो ।
प्रमुख ठाकुरले शुक्रबार बिहान ९ बजेदेखी ४ बजेसम्म र सार्वजनिक विदाको दिन पनि बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म मतदाता नामावली संकलन कार्य जारि रहने जानकारी दिनुभयो । यसका लागि कार्यालयमा दुई जना कम्प्युटर अपरेटर खटाइएको बताउनुभयो । 
यसअघि स्थानिय तहको निर्वाचनका लागि मुलुकको जुनसुकै स्थानबाट मतदाता नामावलीमा दर्ता गराउने प्रावधान रहेकोमा यस पटक भने प्रदेशसभा र प्रतिनिधिसभाका स्थायी ठेगाना भएका मतदाताले सोही स्थानबाट पुगेर नाम दर्ता गराउने प्रावधान रहेको निर्वाचन प्रमुख ठाकुरले बताउनु्भयो । 
यता आयोगले साउन १५ गतेसम्म संकलन गरेको नामावलीमा दाबी विरोधका लागि साउन १६ देखि २० गतेसम्मको समयावधि तोकेको छ । निर्वाचन आयोगले प्रदेशसभाको असोजको मसान्त तथा प्रतिनिधिसभाको निर्वाचन मंसिरको पहिलो साता गर्ने गरी मिति घोषणा गर्न सरकारलाई सुझाव समेत दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट