News Category 2074/04/02

फोरम नेपालद्वारा बाढी पीडितलाई राहत वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ साउन । 
सप्तरीका बाढी पीडित परिवारहरुलाई आईतबार संघिय समाजवादी फोरम नेपाल सप्तरीले राहतका सामग्रीहरु वितरण गरेको छ ।
संघिय समाजवादी फोरम नेपाल पर्सा कार्य समितिले सप्तरी कार्य समितिलाई प्रदान गरेका राहतका विभिन्न सामग्रीहरु आईतबार एक कार्यक्रममा बिच सप्तरीका पोर्ताहा र रम्पुरा मल्हनियाका बाढी पीडित परिवारहरुलााई वितरण गरेको हो । 
सो समारोहमा संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा पार्टीका नेता एवं राजनीतिक समितिका सदस्य शैलेन्द्र साह, केन्द्रीय सदस्य जगदेव यादव, २ नं. प्रदेशका मुख्य सचिव शम्भु झा, निवर्तमान जिल्ला उपसचिव उपेन्द्र साह, जिल्ला सदस्य केदार यादव, अरूण यादव, श्याम यादव, विरेन्द्र माझी, क्षेत्रिय अध्यक्ष विजय यादव लगायत अन्य नेता कार्यकर्ताताहरूको उपस्थितिमा राहत स्वरुप भुजा, च्युरा, प्लाष्टिकको बालटीन, चामल लगायतका सामग्रीहरु वितरण गरेको फोरम नेपालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट