News Category 2070/08/05

सप्तरीमा एक सय २५ वर्षीया वृद्धाद्वारा मतदान

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ४ मंसिर । 
संविधानसभा निर्वाचनका क्रममा मंगलबार सप्तरीमा १ सय २५ वर्षिया एक बृद्धाले मतदान गर्नुभएको छ । 
सप्तरीको अर्नाहा गाविसस्थित राप्रावि मतदान केन्द्र “क” मा सोही गाविस निवासी १ सय २५ वर्षिया डोमी देवी चौधरीले मतदान गर्नुभएको हो । यस्तै जिल्लाको छिन्नमस्ता गाविस निवासी १ सय ६ वर्षीय बनबाली मण्डलले मतदान गर्नुभयो । 
यस्तै धनुषा क्षेत्र नं ३ अन्तर्गत राष्ट्रिय प्राथमिक विद्यालय जटही मतदान केन्द्र क र ख बाट १ सय १० र १ सय १२ वर्षका नागरिकले मतदान गर्नुभएको छ । 
मतदान गर्नेमा जटही ५ स्थायी बसोबास गर्ने १ सय १२ वर्षीय माथवर यादव र १ सय १० वर्ष मनोदेवी यादव रहेको मतदान अधिकृत अङ्केश्वर यादवले बताउनुभयो । 
यसैगरि मोरङ क्षेत्र नं १ मा १ सय ९ वर्षीय बोधनलाल गन्गाईले डोरिया प्रावि झुर्किया, गुल्मी क्षेत्र नं १ मा रहेको खड्गकोटमा १ सय वर्षीया जमुना ढकाल र कपिलवस्तु वाणगङ्गा जनता उमावि केन्द्रमा १ सय १० वर्षका निमाराम घिमिरेले मतदान गर्नुभएको छ ।
यसैगरी हुम्ला मदना गाविस गल्लावाडा घट्टेखोला मतदान केन्द्रमा १ सय २ वर्षकी जीरा ढकाल र दार्चुलास्थित भूमिराज मावि इयरकोट केन्द्रमा १ सय ० वर्षीया मैनादेवी महतोले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट