News Category 2074/04/04

नियमित र समयमा खुल्दैन स्वास्थ्य चौकी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ असार । 
सरकारले स्वास्थ्य संस्थाहरुलाई थप सेवादायक बनाउने प्रयास गरेपनि सप्तरीको साविकको सकरपुरा गाबिसस्थित रहेको स्वास्थ्य चौकी बिहान ११ बजे खुल्ने र दिउँसो २ नबज्दै बन्द हुने प्रवृति कायमै रहेको छ ।
सरकारी नियम अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनुपर्ने स्वास्थ्य चौकी तर त्यसको नहुँदा बिरामीहरुले निकै समस्या खेप्नुपरीरहेको छ ।
हाल दिनहुँ ४० देखि ६० जनासम्म झाडापखाला, निमोनिया, टाईफाईड लगायतका बिरामीहरु आउने गरे पनि हालको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ मा रहेको उक्त स्वास्थ्य चौकीमा नियमित रुपमा कर्मचारी नआउँदा तथा समयमा स्वास्थ्य चौकी नखुल्दा बिरामीहरुलाई समस्या परेको छ । 
सो स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु नआउँदा बिरामीहरु रित्तै घर फर्किनु परेको बाध्यता रहेको राष्ट्रिय जनता पार्टी नेपालका गाउँ कमिटिका अध्यक्ष दामोदर मुखियाले जानकारी दिनुभयो । 
उहाँँले उक्त स्वास्थ्य चौकीमा सिनियर अहेब धिरेन्द्र यादवसहित अन्य पाँच जना स्वास्थ्यकर्मीहरु रहेपनि २ देखि ३ जनासम्म कर्मचारी कार्यालय समयमा समेत नआउने गरेकाले बिरामीहरुलाई झन समस्या हुने गरेको दुखेसो पोख्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट