News Category 2074/04/09

आफ्नो अपहरणको नाटक गर्ने भारतीय युवकसहित तीन पक्राउ....

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज ८ साउन । 
अपहरण सम्बन्धी घटनाको समाचार सुन्नु कुनै नौलो होइन् तर सप्तरीमा एउटा यस्तो घटना घटेको छ जुन विरलै सुन्न पाइन्छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार साँझ पत्रकार सम्मेलनको आयोजना गरि अरुले अपहरण नगरेर एक युवकले आफ्नो अपहरण आफै गराएको घटना बारे पर्दाफास गरेको छ । 
सो पत्रकार सम्मेलनमा भारतको सुपौल जिल्ला डगमारा ग्रामपंचायत वडा नं. ८ थाना कुनौली बस्ने गोसाई मण्डलको छोरा २२ वर्षिय देबचन्द्र कुमार मण्डलको अपहरणमा अरु कोही नभएर स्वंयम देवचन्द्र आफै संलग्न रहेको सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 
देबचन्द्रले सप्तरीमा आएर बुबा गोसाई मण्डलको मोवाईलमा फोन गरेर १ लाख भारु फिरौती समेत माग गरेको जानकारी दिँदै प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो । 
यता देबचन्द्रको बुबा गोसाई सप्तरी आएर प्रहरीसँग छोरा अपहरणमा परेको भनेपछि प्रहरीले विषेश सूचनाको आधारमा अपहरणकारी तथा देबचन्द्रको खोजतलास सुरु गरेको उहाँले जानकारी दिनुभयो । 
सोही क्रममा प्रहरीले शम्भुनाथ बजारमा अपहरितलाई अपरहण मुक्त गराउन भनि पुग्दा फिरौती रकम लिन भनी आएको अबस्थामा सिरहा साविक फुल्काहाकट्टी ६ हाल धनगढी नगरपालिका  वडा नं. ४ बस्ने २४ वर्षिय रविन चौधरी र सप्तरीका साविकको हरिपुर गाविस वडा नं. १ हाल सुरुङ्गा नगरपालिका वडा नं. ५ बस्ने २० बर्षीय नागेन्द्र चौधरीलाइ नियन्त्रणमा लिएको थियो । 
नियन्त्रणमा लिएका ब्यक्तीहरुसँगको सोधपुछको आधारमा अपहरित भनिएका देबचन्द्र कुमार मण्डललाइ कडरवोना चोकमा फेला पारेपछी घटनाको अनुसन्धानको क्रममा भारतमा कार मर्मत गर्ने व्यापार गर्ने सिलसिलामा व्यापारमा घाटा लागेकोले बुबा गोसाई मण्डलसँग रुपियाँ पैसा मांग गर्दा बुबाले पैसा नदिएको भन्दै आफ्नो अपहरणको आफै नाटक गरेको खुलासा भएको प्रहरीले जनाएको छ । 
यता अपहरणको नाटक गर्ने देवचन्द्र तथा नागेन्द्र चौधरी र रविन चौधरीले सुरक्षाकर्मीहरु समेतलाई अनावश्क हैरानी दिई कामकार्वाहीमा समेत बाधा पु¥याएको, डर वा दुःख दिने उद्देश्यले काम कार्वाही गरेको हुदा उनीहरुलाई केही सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट