News Category 2070/08/05

दुई थान हतियार सहित एक पक्राउ

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ४ मंसिर ।
निर्वाचन विथोल्ने मनसायले परिचालित एक ब्यक्ति र दुई थान कटुवा पेस्तोल सोमबारराति सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको दिघुवा र तिलाठि गाविसस्थित बेल्ही भन्सारवाट प्रहरीले हतियार र व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
दिघुवा स्थित विरोल चौकवाट सोहि गाविस ३ का चोलानाथ मण्डल १ थान कटुवा र एक राउण्ड गोली सहित पक्राउ परेको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी अभि कुमार खत्रीले जानकारी दिनुभयो । 
यसैगरी भारतीय सिमानाका निजिकै रहेको तिलाठी भन्सार नाकावाट १ थान गोली लोड गरिएको कटुवा पेस्तोल वरामद भएको छ । तोरीसागको वोरामा हालेर सदरमुकाम राजविराजतर्फ लाउदै गरेको अवस्थामा उक्त हतियार वरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीको टोली देखेपछि हतियार वोकेको ब्यक्ति भने वोरा फालेर भारतीय क्षेत्रतर्फ फरार भएको प्रहरीको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट