News Category 2074/04/12

कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.का अध्यक्ष साहलाई मातृशोक

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.का अध्यक्ष, पत्रकार एवम् सञ्चार उद्यमी शिवनारायण साहलाई मातृशोक परेको छ ।
न्यूज टुडे दैनिक, सत्यापन साप्ताहिक र न्यूज टुडे अनलाइनका संचालक समेत रहेका पत्रकार साहकी आमा फुलेश्वरी देवी साहको बुधवार विहान ९० वर्षको उमेरमा निधन भएको हो । 
मधुमेह तथा स्वासप्रश्वास समस्याबाट पीडित रहँदैआएकी साहको साबिक राजविराज नगरपालिका वडा नम्वर १ हटियास्थित आफ्नै घरमा निधन भएको हो ।
उनको बुधबार साँझ सप्तकोशी व्यारेजमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ । 
साबिक भगवतपुर घर भएकी फुलेश्वरी देवी लामो समयदेखि पुस्तक तथा स्टेश्नरी व्यवसाय गरी राजविराजको व्यवसाय विकासका साथै विभिन्न धार्मिक एवम् सामाजिक गतिविधिमा सक्रिय रहँदैआएकी थिईन् । 
यसैबीच नेपाल पत्रकार महासंघका सप्तरीले एक शोक सन्देश जारि गर्दै महासंघका सदस्य समेत रहेका शिवनारायण साहकी ममतामयि आमा फुलेश्वरीदेवि साहको निधनको खबरले स्तब्ध भएको जनाइएको छ । 
महासंघका अध्यक्ष जितेन्द्र खड्गाद्वारा बुधबार जारि शोक सन्देशमा भनिएको छ, “शोकको यस घडिमा सिंगो नेपाल पत्रकार महासंघ शोकाकुल परिवारको साथमा छ । दिगंवत आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।” 

प्रतिकृया दिनुहोस

ताजा अपडेट