News Category 2074/04/14

लठ्याउने औषधी खुवाएर चोरी गर्ने पाकिस्तानी महिला पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सुनसरी, १३ साउन ।
सुनसरीको ईटहरीबाट चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
दुई दिन देखी ईटहरी उप(महानगरपालिका ८ बस्ने २३ बर्षिया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तान इस्लामावाद बस्ने २५ बर्षिया नेला खालिदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
पन्ध्र दिनकोलागी नेपाल घुम्न आएकी खालिदले बेलुका सुत्ने बेलामा चिया पिउन भनि चियामा लठ्याउने औषधी प्रयोग गरी रातको समयमा चोरी गरी फरार भएकी थिईन् । 
पक्राउ परेकी खालिदको साथबाट चोरी भएको मोबाइल ३ थान, १ तोला सुन, चाँदी २० तोला, नगद ७ हजार ५ सय रुपैँया फेलापारी बरामद गरेको छ । 
घट्नाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय ईटहरी र सिआरभी बसपार्कबाट खटिएको टोलीले खालिदलाई ईटहरी ६ स्थित बिरेन्द्र चौकबाट पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट