News Category 2074/04/16

छाडा सुँगुर नियन्त्रण अभियान सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 
राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र छाडा रुपमा देखिने सुँगुर नियन्त्रणका लागि अभियान सुरु गरेको छ । 
नगरवासीको ब्यापक गुनासो आएपछि छाडा सुँगुर नियन्त्रणको अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय सप्तरी र युथ नेपाल सप्तरी लगायत बिभिन्न सरोकारबालाहरुसंग पटक पटक गरेको छलफल पश्चात् नगरपालिकाले सो अभियान सुरु गरेको निमित्त कार्यकारी अधिकृत उमेशकुमार यादवले जानकारी दिनुभयो । ्
यता अभियान सुरु गरिएपछि आइतबारसम्म २५ वटा सुँगुर मारिएको उहाँले जानकारी दिनुभयो । अभियानको नेतृत्व गरिरहेका सरसफाई इन्चार्ज रामकुमार यादवले पहिलो दिन एकैपटक ६ वटा सुँगुर मारिएको र त्यसपछि निरन्तर २÷३ वटाको दरले सुँगुर मार्ने क्रम जारी नै राखेको बताउनुभयो ।
छाडा सुँगुर मार्ने अभिायनमा लागेका कर्मचारीहरुले भने सुँगुर नियन्त्रणमा नआएसम्म अभियान जारी रहने वताएका छन् । अहिले वजार तथा सडकमा भेटिएका सुँगुरलाई समेत मारिने गरेको नगरपालिकाले जनाएको छ । 
अर्कोतर्फ नगरपालिकाको अगुवाईमा सञ्चालन भईरहेको यो अभियानले नगरमा छाडा सुँगुर र अन्य पशुचौपाया समेत नियन्त्रणमा लिने प्रयास भइरहेको कार्यकारी अधिकृत यादवले भन्नुभयो ।  
यस्तै राजविराज नगरपालिकाले सुँगुर पालकसँग पनि सुँगुर नियन्त्रणका बारेमा छलफल गर्ने र  सुँगुर नियन्त्रणका लागि नगरपालिकामा कान्जि हाउस समेत बनाएर १५ दिनसम्म सो कान्जी हाउसमा राखेर कोही सुँगुर लिन नआएको खण्डमा सुँगुर लिलाम पनि गर्ने प्रमुख यादवले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट