News Category 2074/04/16

अस्मसान घाटमा बृक्षारोपण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 
विश्व हिन्दु युवा परिषद नेपाल सप्तरीको अगुवाईमा गोस्वामी तुलसी दास जयन्ती तथा भु–संरक्षण दिवसको अवसरमा आइतबार अस्मसान घाटमा बृक्षारोपण गरिएको छ ।
सप्तरीको ईटहरी बिष्णुपुर गाउँपालिका अन्तर्गत बरही बिरपुर गोरगामा नहर चौकमा अवस्थित अस्मसान घाटमा हिन्दु युवा परिषद नेपाल र जनकल्ल्याण प्रतिष्ठान एकल विद्यालय अभियानले सो अस्मसान घाटमा करीब एक सय भन्दा बढी विभिन्न जातका बोटविरुवाहरु रोपेको हो ।
विश्व हिन्दु युवा परिषद सप्तरीका अध्यक्ष जङ्ग बहादुर सिंहको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेश कुमार सिंहको प्रमुख आतिथ्य एवं परिषदका राष्ट्रिय उपाध्यक्ष रामनरेश सिंहको विशिष्ट आतिथ्यमा आयोजित सो कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक रामाधार यादव, अस्मसान घाटका संयोजक सुगम्बर यादव, एकल विद्यालय अभियानका सगरमाथा अंचल प्रमुख हरीहर चौधरी, जिल्ला अध्यक्ष लक्ष्मण राम, यादव सेवा समितिका पुर्व अध्यक्ष प्रयाग यादव, जिल्ला भु–संरक्षण कार्यालयका प्रमुख विष्णु बहादुर भण्डारी, कार्यालयका ई. युनुस राईन सहितकाहरुको वृक्षारोपण गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट