News Category 2074/04/19

झण्डै ५० प्रतिशत एमआरपी बनाउनेको संख्यामा कमी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ साउन । 
सप्तरीबाट एमआरपी बनाउनेहरुको संख्यामा गत वर्ष भन्दा यस वर्ष कम बनेको छ । 
जिल्ला प्रशासान कार्यालय सप्तरीले दिएको तथ्याङ्क अनुसार सप्तरीबाट आर्थिक वर्ष २०७३ साउनदेखी २०७४ असार मसान्तसम्म १० हजार ७६ जनाले एमआरपी लिएका छन् । 
यो तथ्याङक विगत दुई वर्षको तुलनामा झण्डै ५० प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७२÷२०७३ असार मसान्तसम्ममा १३ हजार ४ सय ९५ तथा आर्थिक वर्ष २०७१÷२०७२ मा करिब १९ हजारले एमआरपीकालागि आवेदन दिएका थिए ।  
जिल्ला प्रशासन कार्यालय सप्तरीका एमआरपी फाँटका प्रमुख नासु तोम प्रसाद दाहालले एमआरपी लिनेहरुमा कमी आउनेको मुख्य कारण आन्दोलन नै रहेको बताउनुहुन्छ । उहाँले यस बाहेक विगतमा हस्तलिखित राहदानी लिएकाहरुले अनिवार्य रुपमा एमआरपी बनाइसकेकोले पनि अहिले एमआरपी लिनेहरुमा कमी आएको बताउनु हुन्छ । 
यस्तै नासु दाहालले एमआरपी बनाउनेहरुमा १० प्रतिशत विद्यार्थी, १० प्रतिशत आफन्तलाई भेट्न विदेश जानेहरु तथा हज यात्रीहरु तथा ८० प्रतिशत बैदेशिक रोजगारीमा जानेहरु नै रहेको बताउहुन्छ । 
जिल्ला प्रशासन कार्यालय सप्तरीबाट साधारणतर्फ ७ हजार ७ सय २३ र द्रुत सेवा अन्तरगत २ हजार ३ सय ५३ जनाले एमआरपी बनाएका छन् । साधारण तर्फ रु. ५ हजार र दु्रत सेवा अन्तरगत रु. १० हजार लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा अहिले एमआरपीकालागि आवेदन दिनेको संख्या दैनिक ३० देखी ४० सम्मको हाराहारीमा रहेको छ । 
बढ्दो बेरोजगारी तथा जिल्लामा उद्योग कलकारखाना नरेहकोले रोजगारीका लागि युवाहरु बिदेशिने गरेका छन् । एमआरपी बनाउनेहरु प्राय गरि १८ देखी ३५ वर्षसम्मका यूवा युवतीहरु रहेका छन् भने त्यसमा पनि बढी १८ सम्मका यूवाहरु रहेको उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट